भारतमा ‘आइफोन-१५’ उत्पादन सुरु

भारतमा ‘आइफोन-१५’ उत्पादन सुरु भएको छ । अमेरिकी सूचना-प्रविधि कम्पनी एप्पलको साझेदार कम्पनी फक्सकनले भारतमा नयाँ आइफोन उत्पादन सुरु गरेको हो ।

कम्पनीले तमिलनाडुस्थित श्रीपेरम्बुदुरस्थित कारखानाबाट आइफोन-१५ उत्पादन थालेको हो । फक्सकन टेक्नोलोजी ग्रुपको श्रीपेरम्बुदूर प्लान्टले अहिले द्रुत गतिमा काम गरिरहेको छ ।

चीनले आफ्ना कारखानाबाट पठाउन थालेको केही सातामै फक्सकनले पनि एप्पललाई आफूले उत्पादन गरेको आइफोन पठाउने तयारी गरेको छ ।

टाइम्स अफ इन्डियाका अनुसार आगामी सेप्टेम्बर १२ देखि भारतमा बनेको आइफोन–१५ उपलब्ध हुने सम्भावना छ । एप्पलले पनि भारतमा उत्पादित आइफोन-१५ सकेसम्म चाँडो र धेरै मात्रामा लिने जनाइएको छ ।

केही समयअघि एप्पलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) टिम कुकले भारत भ्रमण गरेका थिए । त्यसबेला उनले भारतीय बजार र कारखानाहरू अध्ययन तथा अवलोकन गरेका थिए ।

सन् २०२२ सेप्टेम्बरदेखि फक्सकनले भारतमा आइफोन(१४ एसेम्बल सुरु गरेको थियो । त्यो बेला विश्वव्यापीरूपमा नयाँ आइफोन सार्वजनिक भएको केही सातापछि नै भारतले एसेम्बल गर्न थालेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार