आजदेखि सर्वोच्च अदालतको पेशी अटोमेसन प्रणालीबाट तोकिने

आजदेखि सर्वोच्च अदालतमा अटोमेसन प्रणालीद्वारा पेशी तोक्न सुरू गरिने भएको छ ।

मुद्दाको पेसी तोक्ने काममा मानव हस्तक्षेप हुन नदिन सर्वोच्चले ‘पेसी तारेख अटोमेसन सिस्टम’ सुरु गर्न लागेको हो ।

प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले अटोमेसनद्वारा पेशी तोक्ने व्यवस्थाको उद्घाटन गर्ने सर्वोच्च अदालका प्रवक्ता विमल पौडेलले बताए ।

‘आजदेखि सर्वोच्च अदालतको पेशी अटोमेसनबाट तोकिने भएको छ । प्रधानन्यायाधीशज्यूले अटोमेसन प्रणालीको उद्घाटन गर्ने कार्यक्रम छ,’ उनले भने ।

आजसम्म गोला प्रणालीबाट सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको पेशी तोक्ने गरिन्थ्यो । अब भने डिजिटल सिस्टमले नै मुद्दाको पेशी सूची तोक्ने छ ।

प्रधानन्यायाधीश र मुख्य न्यायाधीशले तोक्दै आएको पेशी झण्डै २ वर्षअघि गोलाप्रथाबाट तोकिने व्यवस्था गरिएको थियो ।

अदालतको पेशी व्यवस्थापनलाई पारदर्शी बनाउन अटोमेसनबाट पेशी तोक्न लागिएको सर्वोच्च अदालतले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार