न्युकासलमाथि लिभरपुलको सनसनीपूर्ण जित

१० खेलाडीमा सीमित लिभरपुलले इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडमाथि आइतबार २–१ को सनसनीपूर्ण जित निकालेको छ । खेलमा १–० ले पछाडि रहेको स्थितिबाट लिभरपुल विजयी भएको हो ।

व्यवस्थापकमा योगर्न क्लोप आएयता यसलाई लिभरपुलको एक उत्कृष्ट जित मानिएको छ । ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको भुलमा एन्थोनी गोर्डनले गोल गर्दै न्युकासललाई सुरुआती अग्रता दिलाए । लगत्तै भर्जिन भान डाइक रातो कार्डमा मैदान छाड्न बाध्य रहे ।

तर‚ न्युकासलले एक खेलाडी बढिरहेको स्थितिको फाइदा लिन सकेन भने सब्स्टिच्युटका रूपमा मैदानमा छिरेका डारविन नुनेजले खेलको अन्त्यतिर दुई गोल गरे । त्यसमध्ये निर्णायक गोल दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा सम्भव भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार