तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

तेह्रथुमको म्याङलुङ नगरपालिका–९ मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार म्याङलुङ नगरपालिका वडा नं ८ का २४ वर्षिया सविन लिम्बु र सोही स्थानका २९ वर्षीया संगम तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सुचना अधिकारी प्रहरी निरीक्षक विद्यासागर मेहताले जानकारी दिए ।

आइतबार साँझ करिब पाँच बजे को १४ प ८९२ नम्बरको रातो रङको पल्सर मोटरसाइकल म्याङलुङ जिरिखिम्ती सडकखण्डको पेट्रोल पम्प छेउमा दुर्घटना भएको थियो । तिव्र गतिमा रहेको मोटरसाइकलले पैदलयात्रीलाई जोगाउने क्रममा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक दुबै जनाको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल तेह्रथुममा राखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार