नबिल बैंक ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

काठमाडौं। नबिल बैंक लिमिटेड बैंक तथा वित्तीय संस्था विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ। ग्रोथ लिडरशिप एकेडेमीले शुक्रबार आयोजित ‘सेल्स समिट’ कार्यक्रममा नबिल बैंक उक्त अवार्डबाट सम्मानित भएको हो। कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसका अध्यक्ष सुनिल केसीले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई अवार्ड हस्तान्तरण गरेका थिए।

मर्जर एक्विजिसन पश्चातका वर्षमा बैंकहरूमा हुने समायोजनका कारण व्यवसाय वृद्धिमा असर पर्ने सामान्य अवस्थाभन्दा भिन्न हिसाबले नबिल बैंकले आर्थिक वर्ष २०७९/८० मा बैंकिङ क्षेत्रकै सबैभन्दा बढी व्यवसाय वृद्धि गर्न सफल गरेकाले यो अवार्डमा छनौट भएको आयोजकको भनाइ छ। उक्त कार्यक्रममा नबिललगायत ११ संस्था र १० व्यक्तिलाई सेल्स र मार्केटिङको विभिन्न विधामा अवार्डबाट सम्मानित गरेको थियो।

नबिल बैंक नेपालको अग्रणी बैंक हो। नबिलले १८ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ।

नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवा सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रूपमा काम गर्दै आएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार