डिश मिडिया नेटवर्कका कार्यकारी उपाध्यक्ष सापकोटा ‘एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

डिश मिडिया नेटवर्क लिमिटेडका कार्यकारी उपाध्यक्ष रमेश सापकोटा ‘इन्डिभिजुअल सेस्ल एक्सिलेनस अवार्ड २०२३’ मार्फत सम्मानित भएका छन् ।

इन्टरनेट सेवा प्रदायक विधामा प्रदान गरिएको यो सम्मानले कम्पनीप्रति उनले देखाएको असाधारण योगदानको उच्च कदर भएको कम्पनीले विश्वास लिएको छ ।

कम्पनीका अनुसार रमेश सापकोटाको नेतृत्वमा डिशहोम फाइवरनेटले महत्वपूर्ण उपलब्धि हासिल गर्नसमेत सफल भएको छ ।

फाइबर नेटवर्कको द्रुत विस्तार र उत्कृष्ट सेवाहरूको साथ, डिशहोम फाइबरनेटले तीन लाख ग्राहकहरू बनाउन सफल भएको छ । यो उपलब्धिले ग्राहकको विश्वास र सन्तुष्टिलाई कायम राख्नको लागि सिमलेस र उच्च गतिको इन्टरनेट प्रदान गर्ने कम्पनीको प्रतिबद्धता छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार