भारतले उसिना चामल निर्यातमा २० प्रतिशत कर लगायो

भारतले उसिना चामल निर्यातमा २० प्रतिशत कर लगाएको छ । भारतले पहिलो पटक सबै प्रकारका उसिना चामलमा कर लगाएको हो । भारतको सेन्टर्ल बोर्ड अफ इन्डाइरेक्ट टयाक्स एण्ड कष्टमले शुक्रबार लागू हुने गरि यस्तो निर्णय गरेको हो ।

भारतको यस्तो निर्णयले नेपाली बजारमा पनि असर गर्न सक्ने अनुमान गरिएको छ । यस अघि भारतले गत महिना बास्मती चामल निर्यातमा रोक लगाएको थियो ।

स्थानीय बजारमा चामलको मूल्य उकालो लागेपछि भारतले यस्तो निर्णय गरेको रोयटर्सले जनाएको छ । भारत यस्तो प्रकारको चामल निर्यातमा पनि अग्रणी मुलुक मानिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार