सबै मुख्यमन्त्री र प्रदेश प्रमुखलाई काठमाडौंमा सरकारी आवास

सरकारले सात वटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई काठमाडौंमा सुविधासम्पन्न आवास भवन तयार गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार प्रदेशहरुलाई आवास हस्तान्तरण गर्न लागेका छन् ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुलाई भैंसेपाटीमा काठमाडौंमा आएको बेला बस्न सुविधा सम्पन्न आवास बनाएको छ । प्रदेशहरूका लागि ७ वटा भवनमा १४ वटा ब्लक निर्माण गरिएको छ ।

शहरी विकास मन्त्रालयका अनुसार २७ रोपनी १२ आनामा भवन निर्माण गरिएको छ । भवनहरुको निर्माण लागत ७५ करोड रुपैयाँ बढी लगानी रहेको छ ।

३ तल्लाको भवनमा बैठक कक्ष, योग अभ्यास कक्ष, स्वागत कक्ष, भान्सा कोठासम्मको व्यवस्था गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार