ललिता निवास जग्गा प्रकरणमा जोडिएका दाङका सीडीओ वैद्यलाई मन्त्रालय तानियो

बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा जोडिएका दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई गृह मन्त्रालयमा तानिएको छ । मन्त्रालयले प्रजिअ वैद्यलाई मन्त्रालयको जगेडामा राखेको हो ।

मालपोत कार्यालय डिल्लीबजारमा हुँदा भूमाफियाका पक्षमा फर्जी कागजात बनाएर सरकारी जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई प्रतिवादी बनाएको छ ।

सोही विषयमा छानबिन गर्न सहज होस् भनेर उनलाई गृह मन्त्रालय तानिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

ललिता निवास जग्गा प्रकरणमा सीआईबीले अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ । जसमा उनको नाम पनि छ ।

अब दाङमा कसलाई सीडीओ बनाएर पठाउने भन्ने विषयमा निर्णय भइनसकेको गृह मन्त्रालयको स्रोतले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार