पुस्तकालय दिवसको अवसरमा भृकुटीमण्डपमा रक्तदान

१६ औं पुस्तकालय दिवसको अवसरमा काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय, भृकुटीमण्डपमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

दिवसको अवसरमा शैक्षिक तथा सामाजिक क्रियाकलाप उपसमितिको आयोजनामा रक्तदान कार्यक्रममा गरिएको प्रचारप्रसार समितिका संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए ।

१६ जनाले रक्तदान गरेको उक्त कार्यक्रममा पुस्तकालयकर्मी, सरकारी कर्मचारी, युवा, बुद्धिजीवी लगायतको उपस्थिति रहेका थियो ।

२०८० साल साउन २२ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव श्री सुरेश अधिकारीको अध्यक्षतामा सोह्रौं पुस्तकालय दिवस, २०८० भव्य रूपमा मनाउनका लागि विभिन्न उपसमिति गठन गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार