कांग्रेसले टुंगो लगायो समिति सभापतिका उम्मेदवार

देउवापत्नी राणासहित चारजना उम्मेदवार

सत्तारुढ नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको नाम टुंगो लगाइको छ । संसदीय समितिको नेतृत्वका लागि आज हुने मनोनयनको लागि कांग्रेले आफ्नो भागमा परेको चार वटा समितिको सभापतिको उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।

कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी कांग्रेस नेतृ आरजु राणालाई कृषि समितिमा सभापतिको उम्मेदवार बनाउने भएको छ ।

त्यसैगरी संसदीय समितिमा जीवन परियारलाई उम्मेदवार बनाउँदा अर्थ समितिमा सन्तोष चालिसे र राज्य व्यवस्था समितिमा रामहरि खतिवडालाई उम्मेदवार बनाउने भएको हो ।

कांग्रेसको भागमा परेका चार सभापतिमध्ये संस्थापन इतरले दुई जना दाबी गरेको थियो । उक्त समूहबाट जीवन परियारमात्रै परेका छन् । दुवै तिरको हुने गरी सन्तोष चालिसेलाई उम्मेदवार बनाएर कांग्रेसले सन्तुलन मिलाएको छ ।

लामो समय रिक्त रहेको संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन हुँदै छ ।समितिको नेतृत्व चयन नहुँदा ९ महिनादेखि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार