अभिनेता सानु ताम्राकारको निधन

दिवंगत अभिनेता सारुक ताम्राकारका पिता एवम् अभिनेता तथा जादुगर सानु ताम्राकारको निधन भएको छ । अभिनेता सानुको उपचारका क्रममा शनिबार नर्भिक अस्पतालमा निधन भएको हो ।

नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएको २८ औं दिनमा उनको निधन भएको रंगपत्रकार प्रदिप कार्कीले जानकारी दिए । ७५ वर्षिया ताम्राकार मृगौलाको समस्याबाट पीडित थिए ।

शास्त्रीय नृत्यमा पारंगत ताम्राकारले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका थिए । उनको निधनसँगै पुत्र वियोगमा रहेको ताम्राकार परिवार थप शोकमा परेको छ । केही महिना अघि उनका छोरा तथा सारुक ताम्राकार पनि मृत भेटिएका थिए ।

उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार