बाम एकताका लागि केपी ओली बाधक : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाम एकताका लागि केपी ओली बाधक रहेको आरोप लगाएका छन् ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले आफू र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाम एकताका लागि पहल गरेपनि केपी ओली बाधक बनेको आरोप लगाएका हुन् ।

उनले तत्कालीन नेकपा विघटन भएपछि पनि आफूले नेकपालाई पुन ब्युँताउने प्रयास गरेपनि सफल हुन नसकेको बताए । त्यस्तै अध्यक्ष नेपालले केपी ओली कै कारण आफूहरुलाई सुन तस्करी प्रकरणमा छलफल गर्न सर्वदलीय छलफलमा निषेध गरेको जिकिर गरे ।

राष्ट्रिय मान्यता प्राप्त नगरेको भन्दै पार्टीलाई हेप्ने काम भएको भन्दै अध्यक्ष नेपालले अव पार्टीले केही कदम चाल्ने संकेत गरे । उनले पार्टीलाई बलियो बनाउन र देशभर संगठन बिस्तार गर्न विद्यार्थी संगठनलाई निर्देशन दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार