फ्रान्सेली राजदूतलाई ४८ घन्टा भित्र देश छाडन नाइजेरियाको आदेश

 नाइजरको जन्टा सरकारले फ्रान्सेली राजदूतलाई ४८ घण्टाभित्र देश छोड्न आदेश दिएको छ । नाइजेरियन विदेश मन्त्रालयले यो कुरा जनाएको हो ।

राज्य सञ्चालित प्रसारक ओआरटीएनद्वारा प्रकाशित एक विज्ञप्ति अनुसार नाइजेरियन विदेश मन्त्रालयलले आयोजना गरेको बैठकमा भाग लिनका लागि फ्रान्सेली राजदूत सिल्भेन इट्टेले अस्विकार गरेका थिए ।

शुक्रबार विदेश मन्त्रीसँगको बैठकमा भाग लिन अस्वीकार गरे पछि सो फरमान जारी गरिएको हो । मन्त्रालयले भन्यो, ‘फ्रान्सेली सरकारका अन्य कार्यहरू जुन नाइजरको हितविरुद्ध छन् र फ्रान्सले पुटचिस्टहरूको अनुरोधलाई ध्यान दिएको छ।’ 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार