बागमती किनारमा महिलाको शव भेटियो, पहिचान हुन बाँकी

बागमतीको बाढीले बगाएको अवस्थामा एक महिलाको शव भेटिएको छ । शुक्रबार साँझ फेला परेको सो लासको अहिलेसम्पम पहिचान खुलेको छैन ।

गढीमाइ नगरपालिका–१ स्थित वाग्मती नदीमा अन्दाजी ५५ वर्षीया महिलाको शव पानीमा डुबिरहेको अवस्थामा भेटिएपछि पोष्टमार्टमका लागि गौर अस्पतालाइ लगिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगोलियन अनुहार भएकी महिलाको शव वाग्मती पुल नजिकैको झाडीमा भेटिएको हो । प्रहरीका अनुसार मृतकको पहिचानको लागि सूचना जारी गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार