माडागास्करमा भागदौंडमा परी १२ को मृत्यु

अफ्रिकी देश माडागास्करमा एउटा ठूलो दुर्घटना भएको छ ।

मेडागास्करमा आयोजित इन्डियन ओशन आइल्याण्ड गेम्सको उद्घाटन समारोहमा भागदौड मच्चिएको थियो, जसमा १२ जनाको मृत्यु हुन पुगेको छ ।

सो दुर्घटनामा परेका ८० जना घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको स्थानीय प्रहरीले जनाएको छ । राष्ट्रपतिले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै जनतालाई मौन बस्न आह्वान गरेका छन् ।

विदेशी सञ्चारमाध्यमका अनुसार इन्डियन ओशन आइल्याण्ड गेम्सको उद्घाटन समारोह शुक्रबार मेडागास्करको बरिया स्टेडियममा भएको थियो । कार्यक्रममा करिब ५० हजार दर्शकको उपस्थिति रहेको थियो । सो क्रममा रंगशालाको प्रवेशद्वारमा भागदौड मच्चिएको थियो । भागदौडमा १२ जनाको मृत्यु भएको थियो ।

मेडागास्करका प्रधानमन्त्री क्रिस्चियन न्त्से अस्पताल पुगेका छन् । यस क्रममा उनले पत्रकारहरुलाई भने कि भागदौडमा करिब ८० जना घाइते भएका छन, जसमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार