दार्चुलाकी एक युवती धनगढीमा मृत भेटिइन

दार्चुलाकी एक युवती धनगढीमा मृत फेला भेटिएकी छन् । धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा कार्यरत मार्मा गाउँपालिका ६ की २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत भेटिएकी हुन् । धनगढी उपमहानगरपालिका ३ चटाकपुरमा बस्दै आएकी उनी बिहीबार मृत भेटिएको प्रहरीले जनाएको छ ।

युवतीको मृत्यु घटना प्रकरणमा दार्चुलाकै २५ वर्षीय जगदीश कोट्टारीलाई प्रहरीले पक्राउ गरेको छ । मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

मृतक र कोट्टारी प्रेम सम्बन्धमा रहेको बुझिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार