दुई महिनादेखि रोकियो लाइसेन्सको छपाइ, १० लाखप्रति छाप्न बाँकी

करिब दुई महिनायता सवारीचालक अनुमति पत्र (लाइसेन्स)को पूर्ण छपाइ कार्य रोकिएको छ । यातायात व्यवस्था विभागका अनुसार ठेक्का पाएको जर्मन कम्पनीले समयमै कार्ड डेलिभरी नगर्दा छपाइ कार्य प्रभावित भएको हो ।

लाइसेन्स छपाइ कार्य रोकिएपछि ट्रायल पास भएका तथा नवीकरण हुने पर्खाइमा रहेका करिब १० लाख प्रभावित भएका छन् । यो सङ्ख्या स्मार्ट लाइसेन्स लागु भएदेखि हालसम्मकै सबैभन्दा धेरै हो ।

अत्यावश्यकबाहेकका लाइसेन्स छाप्ने काम बन्द छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले भने, “छपाइ कार्ड सकिएको छ । हाल अत्यावश्यक छपाइ मात्र भएको छ । विदेश पढ्न जाने, शान्ति सेनामा जाने वा कामका लागि विदेश जानेको लाइसेन्स प्रिन्ट हुन्छ ।”

हाल विभागसँग छपाइ कार्ड ७० हजारको सङ्ख्यामा छ । कार्ड खरिदका लागि सम्झौता भएको पाँच महिना भइसक्यो तर कार्ड आएको छैन । एक डेढ महिनामा आउने सम्भावना रहेको प्रवक्ता पनेरुको भनाइ छ । विभागसँग एउटा मात्रै मासप्रिन्टर छ, जसले दैनिक चार हजार पाँच सय प्रतिप्रिन्ट गर्छ तर कार्ड नभएका कारण प्रिन्टरको दैनिक क्षमता अनुसार काम हुन पनि सकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार