डेंगु संक्रमणबाट ११ महिने बालिकाको मृत्यु

पाल्पामा डेंगु संक्रमणबाट ११ महिने बालिकाको ज्यान गएको छ । युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा उपचारको क्रममा ११ महिनाकी बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वालिङ नगरपालिका ११,स्याङजा आमडाँडाकी ११ महिनाकी बालिका रहेकी छन् । डेंगु पोजेटिभ बालिकाको उपचारका क्रममा बिहीबार मृत्यु भएको अस्पतालका मेडिकल रेकर्ड अधिकृत दोर्ण भुसालले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार