पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्ष जेल सजाय

किस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्ष जेल सजाय भएको छ।  बीबीसीका अनुसार तोशाखाना मुद्दामा इस्लामावादको जिल्ला तथा सत्र अदालतले पूर्वप्रधानमन्त्री खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको हाे । अदालतको फैसलापछि खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको छ ।

खानको पार्टी तेहरिक-ए-इन्साफले यो निर्णयलाई पक्षपाती भएको भन्दै सर्वोच्च अदालतमा चुनौती दिने बताएको छ ।

पार्टीका प्रवक्ताले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘इतिहासकै सबैभन्दा नराम्रो मुद्दामा एक पक्षपाती न्यायाधीशले न्यायको हत्या गर्ने प्रयास गरेको र मुद्दाको तथ्यलाई निश्चित एजेण्डाअन्तर्गत सार्वजनिक गरिएको हो ।’

पाकिस्तान निर्वाचन आयोगका वकिल अमजद परवेजले खान पाँच वर्षका लागि चुनावमा भाग लिन अयोग्य ठहरिने बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार