प्रभु बैंकको नाफामा छलाङ, ब्याज आम्दानी ७८ प्रतिशत बढ्यो

 प्रभु बैंकको खुद ब्याज आम्दानी ७८.६२ प्रतिशतले बढेपछि नाफामा ४८.५४ प्रतिशतको फड्को मारेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले २ अर्ब ८२ करोड खुद नाफा कमाएको हो। अघिल्लो वर्ष  बैंकको नाफा एक अर्ब ९० करोड थियो । बैंकले असारसम्म १० अर्ब २५ करोड खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष को ५ अर्ब ७४ करोडभन्दा ७८.६२ प्रतिशत बढी हो।

बैंकको रिजर्भको आकार ८५.३६ प्रतिशतले बढेर १० अर्ब २ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ५ अर्ब ४० करोड रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। समीक्षा अवधिमा निक्षेप संकलन ६१.८२ प्रतिशत र कर्जा लगानी ६३.८५ प्रतिशतले बढेको छ। यसले बैंकले आफ्नो व्यापार आक्रामक ढंगले अगाडि बढाएको देखिन्छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.१६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.८६ प्रतिशत थियो।

सेन्चुरीलाई गाभेपछि बैंकको खराब कर्जा पनि उल्लेख्य दरमा वृद्धि भएको छ। खराब कर्जा ४.१६ प्रतिशत छ। त्यस्तै, प्रोभिजनिङको लागि बैंकले २ अर्ब ४१ करोड रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष ईपीएस १४.९७ रुपैयाँ थियो। पीई रेसियो १३.१३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४३.२५ रुपैयाँ रहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार