नेपाल बैंकको नाफा बढ्यो, वितरणयोग्य मुनाफा ९७ करोड

 गत आर्थिक वर्षमा नेपाल बैंकको खुदनाफा १६.७० प्रतिशत बढेको छ। गत आर्थिक वर्षमा बैंकले ३ अर्ब  ४१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९२ करोड खुद नाफा कमाएको थियो।

एक वर्षको अवधिमा बैंकको खुदनाफा ४९ करोड रुपैयाँ बढेको छ। एक वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफामा गिरावट आएको छ। वितरणयोग्य नाफा ७१.५५ प्रतिशत घटेर ९७ करोड ३३ लाख रुपैयाँमा झरेको छ।

अघिल्लो वर्षको यसैअवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ थियो। बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ छ। जसका आधारमा बैंकले गत आर्थक वर्षको नाफाबाट सेयरधनीलाई ६.६२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ।

समीक्षा अवधिमा बैंकले २ खर्ब ४४ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत आर्थिक वर्षमा बैंकले ९ अर्ब ४४ करोड रुपैयाँ खुदब्याज आम्दानी गरेको छ।

बैंकले ४ अर्ब ४० करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ। अघिल्लो आवको तुलनामा बैंकको खुद ब्याज आम्दनी ४०.६१ प्रतिशत र सञ्चालन आम्दानी २१.१९ प्रतिशत वृद्धि भएको छ।

गत आवको चौथो त्रैमाससम्म बैंकको खराब कर्जा अनुपात बढेर २.८५ प्रतिशत पुगेको छ। अघिल्लो आवमा यस्तो अनुपात १.८३ प्रतिशतमात्र थियो।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २२ पैसा, प्रतिसेयर नेटवर्थ २ सय ४८ रुपैयाँ ९४ पैसा, बेसरेट ९.९२ प्रतिशत, स्प्रेडरेट ३.९५ प्रतिशत र सीडी रेसियो ७४.८२ प्रतिशत छ। बैंकको सञ्चित कोष २० अर्ब ९१ करोड रुपैयाँ छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार