९.९१ प्रतिशतले बढ्यो सिद्धार्थ बैंकको नाफा, खराब कर्जा २.०१ प्रतिशत

गत आर्थिक वर्षमा सिद्धार्थ बैंकको नाफा ९.९१ प्रतिशतले बढेर ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैकको नाफा २ अर्ब ९० करोड २४ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार देखिएको छ । जसले गर्दा बैंकको नाफा बढ्न सहयोग पुगेको छ । बैंकको खुद ब्याज आम्दानी २३.९७ प्रतिशतले बढेर ८ अर्ब १७ करोड ८४ लाख २२ हजार पुगेको छ । यस्तै सञ्चालन नाफा ९.८३ प्रतिशतले बढेर ४ अर्ब ६८ करोड ५७ लाख ९२ हजार रहेको छ ।

बैंकको वितरणयोग्य नाफा ७९ करोड ५७ लाख ६५ हजार रुपैयाँ रहेको छ । बैंकले सेयरधनीलाई लाभांश दिने क्षमता ५.६४ प्रतिशत रहेको छ । १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १० अर्ब ५७ करोड ८९ लाख ३५ हजार रुपैयाँ रहेको छ ।

२ खर्ब २३ अर्ब ६५ करोड ४६ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ८४ अर्ब ४ करोड ५६ लाख ७७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा १.०७ प्रतिशतबाट बढेर २.०१ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६४ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ७३ पैसा रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार