देवघाटमा नदीले बगाएर तीर्थयात्री बेपत्ता

नदीले बगाएर देवघाट धामबाट एक तीर्थयात्री बेपत्ता भएका छन् । तनहुँको देवघाट गाउँपालिका– ५ स्थित वेणी सङ्गम (त्रिशूली नदी र कालीगण्डकी नदीको सङ्गमस्थल) बाट बेपत्ता भएका हुन् ।

देवघाट दर्शन गर्न आउनुभएका  दाङ जिल्लाको  तुलसीपुर नगरपालिका – १२ बस्ने वर्ष ३२ का लोकेन्द्र भुसाल बेपत्ता भएको प्रहरीले जनाएको छ ।

भुसाल शुक्रवार बिहान ७ः १५ बजे बगाई बेपत्ता भएकोमा खोजतलास भइरहेको र हालसम्म फेला नपरेको उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार