संवैधानिक परिषद्को बैठक बस्दै

संवैधानिक परिषद्को बैठक आज बस्दै छ । प्रधानन्यायाशीध, रिक्त रहेका संवैधानिक अंगमा सिफारिसलगायत विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।

बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।

मंगलबारको बैठकले कुनै निर्णय गर्न सकेको थिएन । दलहरुले सहमित जुटाउन नसक्दा मंगलबारको बैठक स्थगित भएको थियो ।

यहि २० गते प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिँदै छ । त्यसपछि सर्वोच्च कामूको भरमा चल्ने देखिएको छ । यसअघि २०७८ फागुन १ देखि ०८० असार १ गतेसम्म कामुको नेतृत्वमा न्यायपालिका चलेको थियो ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेपछि पनि संसदीय सुनुवाइको प्रक्रियासहित नियुक्त हुन समय लाग्नेछ ।
त्यस्तै महालेखा परीक्षक टंकमणि शर्माले ६ वर्षे कार्यकाल पूरा गरी जेठ ७ गतेदेखि अवकाश लिएपछि रिक्त छ । संविधान अनुसार महालेखा परीक्षकको पदावधि सकिन एक महिना बाँकी छँदै सिफारिस भइसक्नु पर्ने थियो ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार