चाइना इस्टर्नले अगस्ट १४ बाट कुन्मिङ-काठमाडौं उडान गर्ने

चिनियाँ वायुसेवा कम्पनी चाइना इस्टर्नले अगस्ट १४ बाट कुन्मिङ–काठमाडौं उडान गर्ने भएको छ ।

कम्पनीले बोइङ ७३७–७०० जहाजमार्फत सुरुमा साताको एउटा उडान गर्ने भएको हो । उडानका लागि चाइना इस्टर्नलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छ ।

चाइना इस्टर्नले कोभिड संक्रमणअघि सातामा ७ वटा उडान गर्दै आएको थियो । कोभिड नियन्त्रणमा आएपछि भने उसले कार्गो उडान मात्र गर्दै आएको छ । नेपाल(चीन दुईतर्फी उडान गर्ने वायुसेवा अहिले ६ वटा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार