क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि कांग्रेसले केही नबोल्नु अचम्म : अध्यक्ष ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि नेपाली कांग्रेसले केही नबोल्नु अचम्म भएको टिप्पणी गरेका छन् ।

तुल्सीलाल अमात्यको २६ औ स्मृति दिवसका अवसरमा बुधबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन नमानेर नाइकेलाई बचाउने प्रयास भएको आरोप पनि लगाए ।

आफूहरु सरकारले बनाएको छानबिन समितिको विरोधमा नभएको तर अर्को निष्पक्ष छानबिन समिति बनाउनुपर्ने उनको भनाइ छ । सुन तस्कारीको छानबिन गर्न नसक्नेले पारदर्शीताको कुरा गर्न नसुहाउने उनको तर्क छ । कार्यक्रममा उनले सभामुखलाई बाध्य पारेर सरकारले सदन चल्न नदिएको आरोप पनि लगाए ।

एमाले सदन चलाउन तयार हुँदा पनि सरकारले सभामुखलाई सूचना टाँसेर बैठक स्थगित गर्न दबाब दिएको उनको आरोप छ । उनले सुन तस्करी प्रकरणमा सदनमा सांसदहरुले आवाज उठाउने भएकाले सरकार डराएको जिकिर गरे ।

सरकारले नै सदनको अवरोध हटाउन नचाहेपनि बालुवाटारमा भएको सहमति संसदमा आउँदा एमालेले छाड्यो भनेर भ्रम फैलाइएको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार