प्रचण्ड भन्छन् – कार्यकर्ताहरूको विशाल पङ्क्ति छ तर पार्टी चाहिँ पार्टीजस्तो छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी पार्टी पार्टीजस्तो हुन नसकेको बताएका छन् ।बुधबारदेखि राजधानीको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।

‘हामीसँग नेता कार्यकर्ताहरूको विशाल पङ्क्ति त छ तर पार्टी चाहिँ पार्टीजस्तो भइराखेको छैन। हामीले कम्युनिष्ट पार्टीको पुनर्निर्माणको अभियान यो बैठकबाट थाल्नु छ।’ उनले भने ।

यो केन्द्रीय समिति बैठक पार्टीलाई व्यवस्थित बनाउने विषयमा केन्द्रीत हुने प्रचण्डको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार