निर्माण व्यवसायीको प्रदर्शन आज पनि जारी, माग सम्बोधन नभएसम्म पछि नहट्ने

निर्माण व्यवसायीले प्रधानमन्त्री निवास बालुवाटारमा गर्दै आएको प्रदर्शनलाई आज पनि जारी राखेका छन् । गत असार २९ गतेबाट सुरु भएको आन्दोलनलाई निर्माण व्यवसायीले आज पनि निरन्तरता दिएका हुन् ।

प्रदर्शनमा उत्रिएका निर्माण व्यवसायीले निर्माण कार्यको भुक्तानी गर, सबै निर्माण कार्यको म्याद थप गर, सम्पूर्ण ठेक्काको मूल्य समायोजन गर, अव्यवहारिक माइलस्टोन खारेज गरलगायतका नारा लेखिएका पोस्टर देखाउँदै प्रदर्शन गरेका छन् ।

साथै, उपभोक्ताबाट गराउने निर्माण कार्य बन्द गर, सार्वजनिक खरिद नियमावली संशोधन गर, बिमा निर्देशिका २०७८ खारेज गरलगायतका नारा पनि प्रदर्शनकारीले लगाएका छन् ।

५० अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी पाउनुपर्ने, समग्र आयोजनाको एकमुष्ठ म्याद थप हुनुपर्नेलगायतका ९ बुँदे मागसहित धर्ना दिँदै आएका व्यवसायीले माग सम्बोधन नगरेसम्म आन्दोलन एवं धर्नाका कार्यक्रम निरन्तर जारी राख्ने बताएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार