‘आइएमई पे’मा कनेक्ट आईपीएसमार्फत बैंक लिङ्क गरी कारोबार गर्न सकिने

‘आइएमई पे’ ले आफ्नो एपमा कनेक्ट आईपीएस मार्फत बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ ।

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवा मार्फत ग्राहकहरूले ‘आइएमई पे’ मा आफ्नो बैंक खाता एकदमै सुरक्षित तवरले लिङ्क गरि राख्न सकिने बैंकले जनाएको छ ।

यसका लागि ग्राहकहरूले ‘आइएमई पे’ मा रहेको लिङ्क भाया कनेक्ट आईपीएस छनौट गरी आफ्नो बैंक खाता लिङ्क गर्नु पर्ने बताइएको छ ।

‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने साथै नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसारको अन्तरआबद्धमा पनि ठुलो टेवा पुर्‍याउने उद्देश्यका साथ यो सेवा ल्याइएको’, आइएमई डिजिटल सोलुसन लिमिटेड ‘आइएमई पे’ का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार