ग्लोबल टी २० लिग : सन्दीप सम्मिलित सर्रे जागुएर्सको जित

ग्लोबल टी- २० क्यानडा क्रिकेट लिगमा नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित सर्रे जागुएर्सले टिमले जित निकालेको छ ।

गएराति भएको पहिलो खेलमा सन्दीप सम्मिलित जागुएर्सले ब्राम्पटन वल्भसलाई ६ विकेटले हरायो । यस खेलमा ३ ओभर बलिङ गर्दा सन्दीपले विकेट लिन सकेनन् ।

यद्यपि जागुएर्सले ब्राम्पटनलाई १२८ रनमै रोकेको थियो । जसमा अमर खालिद, म्याथ्यु फोर्ड र आयान खानले समान २ विकेट लिए ।

वल्भसका कोलिन डी ग्रान्डहोमले सर्वाधिक ३४ रन बनाउँदा आरोन जोनसन, मार्क च्यापमान र नितिश कुमारले समान १४–१४ रन बनाउँदा उस्मान खानले १३ रन बनाएका थिए ।

जागुएर्सका लागि अमर खलिद, म्याथ्यु फोड र आयान खानले दुई/दुई विकेट लिए । सन्दीपले ३ ओभर बलिङ गर्दा २५ रन दिए पनि विकेट लिन भने असफल रहे ।

१२९ रनको लक्ष्यसहित मैदान उत्रिएको जागुएर्सले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । लिटन दासले ५९ रनको अर्धशतकीय पारि खेल्दा कप्तान इफ्तिकर अहमेदले नटआउट ३८ रन जोडेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार