माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि, त्यसअघि स्थायी कमिटी बैठक बस्ने

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि बस्दै छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ ।

पाँच दिनसम्म चल्ने बैठकमा पेस हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल टच’ दिन आज बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बस्दै छ । पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने सो बैठकले केन्द्रीय समितिमा पेस हुने राजनीतिक, सांगठानिक प्रतिवेदन पारित गरेपछि केन्द्रीय समितिमा प्रस्तुत हुनेछ ।

यसपालिको केन्द्रीय कमिटी बैठकमा बोल्न चाहने सबै सदस्यहरूलाई सकेसम्म बोल्न दिने माओवादी केन्द्रको तयारी छ ।

यसअघि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने भनिएपनि त्यसमाथि विवाद उत्पन्न भएपछि त्यसबारेमा पनि स्थायी कमिटी बैठकले निर्णय गर्नेछ ।

मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी हुने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार