प्रधानन्यायाधीश सिफारिस नगरी सकियो संवैधानिक परिषद् बैठक

संवैधानिक परिषद्ले अर्को बैठकबाट मात्रै भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने भएको छ । सिंहदरबारमा मंगलबार बसेको बैठकमा प्रधानन्यायाधीश लगाएत अन्य संवैधानिक निकायका रिक्त पदहरुका बिषयमा छलफल भएको र अर्को बैठकले निर्णय गर्ने राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

बैठकमा प्रधानन्यायाधीश सिफारिस गर्ने व्यक्तिको नाममा समेत छलफल नभएको उनले बताएका छन् । उनले अर्को बैठकले सवै नियुक्ति सिफारिसमा एकमुष्ट निर्णय गरिने बताए । संवैधानिक परिषद्को अर्को बैठक साउन १८ गते पाँच बजे बस्ने तिमिल्सिनाले जानकारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार