परराष्ट्र मन्त्रालयले भन्यो- गलत सूचनाका आधारमा युद्धग्रस्त देशको सेनामा नजानु

परराष्ट्र मन्त्रालयले युद्धग्रस्त देशमा सुरक्षा सम्बन्धी काममा नजान अनुरोध गरेको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा नेपाली नागरिक विदेशी सेनामा भर्ना भएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको भन्दै सचेत गराएको हो ।

विभिन्न सञ्चार माध्यममा रुसी सेनामा नेपालीहरु भर्ना भएको समाचार आएको थियो । विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रेस विज्ञप्ति

केही सामाजिक संजाल र सार्वजनिक संचार माध्यममा नेपाली नागरिकहरु विदेशी सेनामा भर्ना भएका भन्ने समाचारको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको छ ।

विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ ।

अतः कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षा सम्बन्धी काममा नजानुहुन सबैमा अनुरोध गरिन्छ । यस्ता कार्यमा संलग्न हुंदा आइपर्ने जोखिम र उद्दारमा हुने कठिनाइ प्रति सजग रहन समेत सबैमा सूचित गरिन्छ ।

 

परराष्ट्र मन्त्रालय
सिंहदरबारकाठमाडौं
मितिः २०८०/०४/१६

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार