नक्कली शरणार्थी प्रकरण: जिल्लाको आदेशविरुद्ध उच्च पुगे नेताहरु

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागारमा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र एमाले नेता टोपबहादुर रायमाझीलगायत भुटानी शरणार्थी नेता टेकनाथ रिजाल उच्च अदालत पाटन पुगेका छन् । आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै उनीहरु मंगलबार उच्च अदालत पुगेका हुन् ।

उच्च अदालत पाटनमा उनीहरूले जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन दर्ता गरेका छन् । जिल्ला अदालतले अन्यायपूर्ण तरिकाले पुर्पक्षका लागि कारागार पठाएको उनीहरूको दाबी छ ।

यसअघि काठमाडौं जिल्ला अदालतले १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो ।

उच्च अदालत पाटनले खाँण र रायमाझीको हकमा कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ । यसअघि नै निवेदन दिएकाहरुको हकमा उच्च अदालत पाटनको आदेश अनुसार जिल्ला अदालतबाट प्रतिवेदन पेस भइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार