दलहरूबिच सहमति नभएपछि संसद बैठक एक साता स्थगित

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच संसद सञ्चालनको विषयमा सहमति हुन नसकेपछि प्रतिनिधिसभा बैठक २२ साउनसम्मका लागि स्थगित भएको छ ।

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी २२ साउनलाई सारिएको हो । संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी प्रतिनिधिसभा बैठक २२ साउनको दिउँसो १ बजेका लागि तोकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार