सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रदेश २-०३-००१ त १८७५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुधौली नगरपालिका-१३ ठाकुरदमारका ट्याक्टर चालक २५ वर्षीय इन्द्रबहादुर खड्काको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोज लामाले जानकारी दिए ।

दुर्घटनामा दाङ जिल्ला सुनढ्याब्री गाउँपालिकाका ३० वर्षीय भगतराम चौधरी र सोहि ठेगाना भएका रामु चौधरी गम्भीर घाइते भएका छन् । घाइते दुवै जनाको उपचारको लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

बाँसबोटे स्कुलबाट निर्माण सामग्री अनलोड गरी सिकारी ढुङगातर्फ जाँदै गरेको ट्याक्ट्रर दुर्घटनामा परेको हो । ट्याक्टर भीरमा अड्किएको र शव निकाल्न कठिनाई भएको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार