४७.०७ अंकले बढ्यो नेप्से

चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो कारोबारको दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेर बन्द भएको छ । आइतबार दोहोरो अंकले बढेर बन्द भएको नेप्से आज सोमबारको कारोबारमा उत्साह देखिएको हो ।

नेप्सेका अनुसार आज ४७.०७ अंकले बढेर नेप्से दुई हजार एक सय ४४ दशमलब १६ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्सेमा उत्साह देखिएपनि कारोबार रकम भने बढ्न सकेको छैन ।

आज दुई अर्ब ५६ करोड एक लाख बराबरको कारोबार भएको छ । आइतबार दुई अर्ब ३७ करोड ६४ लाख बराबरको कारोबार भएको थियो । आज कारोबार भएका २०० कम्पनीको शेयरमूल्य बढेको छ भने १३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा बिपीडब्लु लघुवित्त वित्तीय संस्था, युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड, अभियान लघुवित्त वित्तीय संस्था रहेका छन् । यसको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा बढी कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८ प्रतिशत भनदा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज १४ करोड ८६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार