गोरखामा वृक्षारोपण गरेर बाबुरामले सुरु गरे संगठन विस्तार अभियान

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई गृहजिल्ला गोरखा पुगेका छन् । उनको पार्टीले आजबाट संगठन विस्तार अभियान सुरु गरेको छ । जसअन्तर्गत अध्यक्ष भट्टराई आफ्नो जिल्ला पुगेका हुन् ।

सो क्रममा उनले आज गोरखामा पालुङटार नगरपालिका–१ ज्योति चौतारामा वृक्षारोपणसहित नेसपा संगठन निर्माण तथा विस्तार अभियानको शुभारम्भ गरेका छन् ।

उनको दल यतिबेला सरकारमा पनि छ । केन्द्र सरकारमा महिन्द्र राय यादव खानेपानी मन्त्रालयको नेतृत्वमा छन् । बाग्मती र गण्डकी प्रदेशमा पनि उनको दलबाट एक/एक जना मन्त्री छन् । यो बीचमा नेसपाले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने भनिएको थियो ।

तर, समाजवादी मोर्चा गठनमा आफूलाई समेट्ने भनेर पनि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले धोका दिएको बाबुरामको निश्कर्ष छ । अहिले उनी माओवादीले धोका दिएको भन्दै आफ्नै पार्टीलाई बलियो बनाउनतिर लागिपरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार