मोटरसाइकललाई बसले ठक्कर दिँदा दाइको मृत्यु, भाइको अवस्था गम्भीर

कास्कीमा दाजुभाइ सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा दाइको मृत्यु भएको छ । दुर्घटनामा भाई गम्भीर घाइते भएका छन् ।

रूपा गाउँपालिका- ३ पोल्याङमा बिहान ७:४८ बजे कास्कीबाट लमजुङ जाँदै गरेको ग१ख ७६८६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग१५प ८४८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार लमजुङको मध्यनेपाल गाउँपालिका – ६, भोर्लेटारका २३ विवेक विक र २० वर्षीय दीपेन्द्र विक गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्रीराम तिमिल्सिनाका अनुसार २३ वर्षीय विवेकको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

उनका भाइ दीपेन्द्रको पनि अवस्था गम्भीर रहेको उनले बताए । बसका चालक रूपा गाउँपालिकाकै विशाल गुरूङलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार