जोकोभिचलाई स्तब्ध पार्दै अल्कारेजले जिते विम्बलडन उपाधि

विश्व नम्बर १ स्पेनी खेलाडी कार्लोस अल्कारेजले नोभाक जोकोभिचलाई पाँच सेटको कडा प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै आइतबार विम्बल्डन-२०२३ को उपाधि जितेका छन् । अल इंग्ल्यान्ड कोर्टमा भएको फाइनलमा अल्कारेज १–६, ७–६ (८/६), ६–१, ३–६ र ६–४ ले विजयी रहे ।

पहिलो सेट गुमाएयता २० वर्षीय अल्कारेजले उत्कृष्ट पुनरागमन गर्दै पाँचौं तथा अन्तिम सेटमा खेल जितेका हुन् । जोकिभच लगातार पाँचौ विम्बलडन र पुरुक्षतर्फ २४औं ग्राण्ड्सलाम टेनिस जित्ने लक्ष्यमा थिए । तर ३६ वर्षीय जोकोभिचलाई युवा अल्कारेजले उत्कृष्ट प्रदर्शन गर्दै पराजित गरे ।

अल्कारेजले पहिलो पटक विम्बलडन ओपनको उपाधि जितेका हुन् । उनको यो दोस्रो ग्रान्डस्लाम उपाधि हो । यसअघि उनले गत वर्ष यूएस ओपनको उपाधि जित्दै नम्बर १ स्थान कब्जा गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार