गाउँपालिका उपाध्यक्ष तामाङको हृदयाघातका कारण निधन

दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण निधन भएको छ ।

तीन दिनअघि स्वास्थ्यमा समस्या आएपछि तामाङलाई उपचारका लागि काठमाडौँस्थित सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारी लगिएको थियो । गौरीशंकर गाउँपालिका–६ चंखु स्थायी घर भएका तामाङको उपचारका क्रममा आज निधन भएको हो ।

नेपाली कांग्रेस गौरीशंकर गाउँपालिकाको सभापति समेत रहेका तामाङ २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार