मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित

प्रतिनिधिसभाबाट मिटरब्याजी विरुद्धको विधेयक सर्वसम्मतिले पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकले ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतिले पारित भएको हो ।

संसदबाट सर्वसम्मत विधेयक पास गर्ने क्रममा सरकारले कारोबार भएको वास्तविक रकम र कानुन बमोजिम ब्याज दिलाउने संशोधन स्वीकार गरेको छ ।

राष्ट्रियसभाबाट पारित भइसकेको यो विधेयक अब पुनः राष्ट्रिय सभामा जानेछ । प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनेछ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बन्ने छ ।

प्रतिनिधि सभाको अर्को बैठक साउन १० गते बुधबार दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार