देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् । बैठक धुम्बाराहीमा सोमबार अपराह्न ३ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी र पूर्वपदाधिकारी बैठक सोमबार बस्ने तय भएको जानकारी दिए ।

मंगलबारदेखि केन्द्रीय कार्यसमिति बैठक सुरू हुँदैछ । केन्द्रीय समिति बैठक बस्नुअघि सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन् । केन्द्रीय समिति बैठकअघि पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गर्ने कांग्रेसको परम्परा छ ।

कांग्रेस केन्द्रीय समिति बैठक एक वर्षपछि साउन २ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । नीति महाधिवेशन र राष्ट्रव्यापी संगठन सुदृढीकरण अभियानजस्ता विषयमा केन्द्रीय समितिमा छलफल हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार