पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू, ग्याँसको मूल्य १० रुपैयाँ घट्ने

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिले आइतबार मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

योसँगै सरकारले एलपी ग्याँसमा कुनै पनि मुनाफा नराख्ने जनाएको छ । डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राख्ने वाणिज्य सचिव मधुकुमार मरासिनीले जानकारी दिए ।

‘एलपी ग्याँसमा प्रति सिलिन्डर १० रूपैयाँ मुनाफा थियो । आम उपभोक्तालाई मध्येनजर गर्दै यो पनि घटाएका हौं,’ उनले भने ।

भारतबाट मूल्य घटेर आएको छ । योसँगै स्वचालित प्रणाली अनुसार आज राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ र डिजेल/मट्टितेलमा समान ४/४ रुपैयाँ मूल्य घट्ने छ भने ग्याँसमा प्रतिसिलिण्डर १० रुपैयाँ घट्नेछ ।

हवाई इन्धनको मूल्य भने सञ्चालक समितिले तोकेअनुसार लागू हुने उल्लेख गरिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार