नक्कली भुटानी शरणार्थी प्रकरण : केशव तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशव तुलाधरलाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव प्रसाद घिमिरेले आइतबार तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश गरेका हुन् ।

२७ असारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका तुलाधरलाई सानो भर्‍याङबाट पक्राउ गरेको थियो । तुलाधरले अदालतले तोकेको धरौटी बुझाएका छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार