राष्ट्रिय वाणिज्य बैंकद्वारा थप ११ वटा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा एघार वटा शाखा कार्यालय विस्तार गरेको छ ।

सिरहा जिल्ला स्थित शाखा कार्यालय गोलबजार, बैतडी जिल्ला स्थित शाखा कार्यालय पाटन, दार्चुला जिल्ला स्थित शाखा कार्यालय गोकुलेश्वर , मोरङ्ग जिल्ला स्थित शाखा कार्यालय बिराटचोक, मकवानपुर जिल्ला स्थित शाखा कार्यालय सानोपोखरा, ललितपुर जिल्ला स्थित शाखा कार्यालय ग्वार्को तथा मंगलबजार शाखा कार्यालय सञ्चालनमा आएका छन् ।

यस्तै, सुर्खेत जिल्लास्थित शाखा कार्यालय छिन्चु, कालिकोट जिल्ला स्थित शाखा कार्यालय रास्कोट, दैलेख जिल्ला स्थित शाखा कार्यालय राकम कर्णाली र स्याङजा जिल्ला स्थित शाखा कार्यालय वालिङ्ग को कारोबार शुभारम्भ गरिएको छ ।

यस पश्चात बैंकको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले कर्णाली प्रदेशमा मात्र ३ वटा शाखा कार्यालय सहित शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा आधुनिक बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बताए ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा छन् ।

यसैगरी बैंकको क्यूआर कोड सेवा, पीओएस सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कन्नेट आईपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार