कांग्रेस प्रचार विभागमा तीन सदस्य मनोनीत

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्य थप भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै पार्टी सभापति शेरबहादुर देउवाले सन्तोष न्यौपाने, अशोक शर्मा र सुमन गौतमलाई मनोनयन गरेको जानकारी दिएका हुन् ।

केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेको सो विभागमा कांग्रेसको पार्टी विधान २०१७ बमोजिम सदस्य मनोनयन गरिएको उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार