ललिता निवास प्रकरण : पक्राउ परेकाहरू अझै पाँच दिन हिरासतमा रहने

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ जना थप पाँच दिन हिरासतमै रहने भएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित १७ जनालाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालत काठमाडौंले आइतबार दिएको हो ।

यसअघि पनि अदालतले पहिलो पटक ७, दोस्रो पटक पनि ७ र तेस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । यससँगै पक्राउ परेकाहरु बढीमा कुल १९ दिन हिरातमा रहिसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार