लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिनभर नै सबै प्रदेशका केही ठाउँमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

केही ठाउँमा भारी वर्षातका साथै हावाहुरी, चट्याङ, बाढीपहिरोको सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले सचेत पनि गराएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार